३१ आश्विन २०८३, शनिबार

प्यालेस्टाइनमा केपी ओलीको चर्चा, नेताहरुको डेलिगेसन भेट्न नेपाल आउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sanjib-jha

काठमाडौं, १४ मंसिर । इजरायलसँग सीमा जोडिएको देश प्यालेस्टाइनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चर्चा भएको छ ।

आइतबारदेखि प्यालेस्टाइनको रामल्लामा पीएलओका अन्तर्राष्ट्रिय आयुक्तद्वारा आयोजित अन्तर्राष्ट्रिय सेमिनारमा एमाले अध्यक्ष ओलीको चर्चा भएको हो ।

सेमिनारमा सहभागी नेपाली प्रतिनिधि सञ्जीव झाले ओलीबारे जानकारी गराएपछि प्यालेस्टाइनी नेताहरु उनलाई भेट्न आतुर देखिएका छन् र डेलिगेसनसहित भेट गर्न नेपाल आउने प्रतिबद्धता जनाएका छन् । ‘फिलिस्तानका नेताहरु हामी केपी ओलीलाई भेट्न चाहन्छौं भन्दै आतुर देखिए,’ झाले प्यालेस्टाइनबाट टेलिफोनमा भने– ‘हामी चाडै हाम्रो देशबाट एउटा डेलिगेसनसहित उहाँ(केपी)लाई भेटन नेपाल आउँछौ भने । साथै अन्य देशका प्रतिनिधिहरुले पनि केपी ओलीसँग भेट्ने इच्छा व्यक्त गरे ।’

sanjib-1

अन्तर्राष्ट्रिय सेमिनारलाई सम्बोधन गर्दै नेपाली प्रतिनिधि एवं युवा संघ नेपालका नेता झाले केपी ओली जस्तो राजनेता नेपालमा जन्मिनु नेपाल र नेपालीको लागि सौभाग्यको कुरो भएको बताए ।

झाले यसरी ओलीको प्रशंसा गरिरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूत एवं भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोलीसहित भारतबाट सांसद मुकुल आनद, कांग्रेस आईका राष्ट्रिय महासचिव एवं प्रवक्ता पूर्ब केन्द्रीय मन्त्री शकिल अहमद कार्यक्रममा ध्यानपूर्वक सुनिरहेका थिए ।

यस्तो थियो नेपाली प्रतिनिधि झाको सम्बोधनः

sanjib

कुनै देशमा युग पुरुष बिरलै जन्मिन्छ । त्यो देशको नागरिक धेरै भाग्यशाली हुन्छन जुन देशको धर्तीमा यस्ता युग पुरुषहरु जन्मिन्छन् । चाईनामा माओत्सुङ, साउथ अफ्रिकामा नेल्शन मन्डेला, भारतमा महात्मा गान्धी, क्युबामा फीड्रल क्यास्ट्रो, त्यस्तै नेपाल र नेपालीहरु धेरै भाग्यशाली छन् जसले राजनेता केपी ओलीजस्तो युग पुरुषलाई नेपालको धर्तीले जन्माएको छ । उनीहरु अब एउटा देशको सीमा भित्रको राजनेता मात्र हैन आफैमा एउटा बिचार भैइसक्नु भएको छ । राष्ट्रिय स्वाधिनता, बिकास र स्वाभिमानका लडाई लड्नेहरु बिश्वका देशहरु अब उहाँबाट नयाँ शिक्षा लिन सक्छ । उहाँले हेराएको बाटो मा हिडेर सफल हुनसक्छ ।

sanjib-3
eurpian parliaments advisor martina anderson
sanjib-4
PLO international Commissioner Dr.Nabeel A.Shaath
sanjib-5
Mariam Alsadig Almahd , vice-president of Unma National Party Sudan

sanjib-2

सम्बोधनको पूर्णपाठ:

sanjib-jha-1sanjib-jha-2