२ कार्तिक २०८३, सोमबार

‘जात्रा २’ को प्रतिक्षामा राजेश हमाल जोडी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajesh_hamal2

काठमाडौं । नायक राजेश हमालले ‘जात्रा २’ को प्रतिक्षामा रहेको बताएका छन् ।

तेश्रो सातामा प्रर्दशनरत चलचित्र ‘जात्रा’ हेरेपछि जात्रा २ को प्रतिक्षामा रहेको बताएका हुन् । जीवनसाथी मधु भट्टराईसँग ‘जात्रा’ हेर्न कुमारी हल पुगेका हमालले कथाले अन्तिमसम्म नै बाँधेर राखेको प्रतिक्रिया दिएका छन् ।

“निकै मज्जाले हँसायो, दर्शकहरुले निकै मनोरञ्जन लिएको पाएँ,” उनले भने । आफ्नो साथीले फिल्मको निकै प्रशंसा गरेको सुनेर फिल्म हेर्न आएका हमाल जोडीले विवाह पछिसँगै बसेर हेरेको जात्रा, दोश्रो फिल्म हो । मधु भट्टराईले भनिन्, “विवाह हुनुअघि त बेलाबखतमा हलमा गएर फिल्म हेर्न सँगै जान्थ्यौँ, विवाह पछि ‘बाग्मति’ भन्ने फिल्म हेरेका थियौँ ।”

बाग्मति भन्दा जात्रा धेरै वास्तविक र राम्रो लागेको हमाल दम्पत्तिको प्रतिक्रिया छ । ‘जात्रा’को कथालाई लम्ब्याएर ‘जात्रा २’ निर्माण गर्न सकिने सम्भावना पनि रहेको उनीहरुले सुझाव दिएका छन् ।

उनीहरुको सुझावलाई सकारात्मक रुपमा लिइएको निर्देशक प्रदिप भट्टराईले बताएका छन् । तर, निर्माता एवं कलाकार रबिन्द्रसिंह बानियाँले भने ब्याजसहित फिल्मले लगानी उठाइसकेको भन्दै ‘जात्रा’ भन्दा राम्रो स्कृप्ट बनेको खण्डमा मात्र ‘जात्रा २’ बन्ने स्पष्ट गरेका छन् ।

भिडियोः

https://www.youtube.com/watch?v=cfGiIO5jLB4