गुल्मी । लोकप्रिय गायिका मञ्जु पौडेल र गायक पशुपति शर्माबीच घम्सा घम्सी परेको छ ।
सधै जसो प्रेममा आधारित गीतहरु सार्वजनिक गर्दै आएकी मञ्जु र पशुपतिको हालै सार्वजनिक भएको एक फरक खालको रोइला गीतमा घम्साघम्सी परेको हो । रोइला भाकामा तयार पारिएको गीतमा दोहोरी गीतमा गाउदा हार्ने र जित्ने जस्ता कथा बस्तुमा गीत तयार गरिएको छ ।
रोइला गीत सार्वजनिक गर्दै गायिका मञ्जुले फरक कथा बस्तुमा फरक खालको स्वाद दिलाउन खोजेको बताइन । गीतमा गाउदै गर्दा ‘हारे पशुपति शर्माले गितै गाउन छोड्ने’ जस्ता शब्द समाबेश गरिएको छ भने गायिका मञ्जु पौडेलले ‘ढुक्कसंग जित्ने र आफ्ना भाडा माझ्ने’ जस्ता कथा बस्तु राखिएको छ । गीतमा सुन्दा प्रत्यक्ष दोहोरी गीत गाउदा जस्तै गरि प्रस्तुति सुन्न सकिन्छ ।
गीतको अन्तिमसम्म दुबै गायक गायिकाको झगडा वढेको कथा बस्तु समाबेश छ । मञ्जु र पशुपतिको शब्द रहेको गीतमा पशुपतिको लय रहेको छ । गीतको म्युजिक भिडियोमा पशुपति, मञ्जु, नरेश, कबिताको अभिनय रहेको छ । गीतलाई बि एम एस फिल्मस् प्रालिले बजारमा व्यबस्थापन गरेको छ ।
भिडियोः
















प्रतिक्रिया