२ कार्तिक २०८३, सोमबार

देविका केसी र सन्दिप न्यौपानेको ‘काठमाडौंमा घर छ…’ बजारमा (भिडियो)

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

devika-sandip

काठमाडौं । चर्चित लोकदोहोरी गायिका देविका केसी र गायक सन्दिप न्यौपानेको ‘काठमाडौंमा घर छ…’ बोलको गीत बजारमा आएको छ ।

आशिष म्युजिक प्रालिको प्रस्तुति ‘काठमाडौंमा घर छ…’ गीतलाई आइतबार मात्रै सामाजिक सञ्जाल युट्युबबाट सार्वजनिक गरिएको गायिका केसीले जानकारी दिइन् । उक्त गीतमा समाजको यथार्थ घटनालाई देखाइएको छ ।

video

नरेश खाती शब्द/संगीत रहेको गीतमा गायिका केसी र सन्दिप न्यौपानेले स्वर दिएका छन् । उत्पादक/बितरक आशिष म्यूजिक प्रालि रहेको गीतमा आरुसी/एस गौतम/अमृतको अभिनय देख्न पाइन्छ ।

राजेश घिमिरेको छायांकनमा तयार पारिएको गीतको म्युजिक भिडियोको निर्देशन शंकर बिसीले गरेका हुन् भने सम्पादन नबिन घर्तीमगरको रहेको छ । दृश्य निर्माण कार्य कृष्ण फिल्मस् एण्ड एड्भरटाईजिङ्ग गरेको छ ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/shared?ci=MVhaXQn7gnQ