२ कार्तिक २०८३, सोमबार

हेरिटेज पेजेन्ट २०१६ मा मञ्जु, आश्रा र सृजना सहभागी हुने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

_mg_4968-1काठमाडौं । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्ट २०१६’मा नेपालको प्रतिनिधित्व मञ्जु वन्जार, आश्रा कुंवर र सृजना पुनले गर्ने भएका छन् ।

हेरिटेज पेजेन्टका लागि आधिकारिकता प्राप्त गरेको ग्रिन आर्ट मिडिया प्रा.लिले आइतबार राजधानीमा एक कार्यक्रमबीच प्रतियोगी सार्वजनिक गरेको हो ।

मञ्जु वन्जारालाई ‘मिसेज नेपाल हेरिटेज’, आश्रा कुंवरलाई ‘मिस नेपाल हेरिटेज’ र सृजना पुनलाई ‘टिन नेपाल हेरिटेज’को ताज पहिराउँदै ‘हेरिटेज पेजेन्ट २०१६’को लागि बाटो खुल्ला गरेको हो । यी तीनलाई गतवर्षकी मिसेज नेपाल पदमिनी झा, मिस नेपाल अर्थ नग्मा श्रेष्ठ तथा मिस नेपाल हेरिटेज निशा पाठकले क्राउन पहिराएका थिए ।

यी तीनै प्रतियोगीले श्रीलंकाको कोलम्बो शहरमा डिसेम्वर २ देखि १० तारिखसम्म आयोजना मिसेज हेरिटेज, मिस हेरिटेज र टिन हेरिटेज इन्टरनेशनलमा’ नेपालको प्रतिनिधित्व गर्ने छन् ।

४० वर्षीया मञ्जु हाल पफेसन डिजाइनरका रुपमा कार्यरत छिन् । २४ वर्षीया आश्रा कुंवर इन्भाइरोमेन्टल साइन्सकी ग्रजुएट विधार्थी हुन् ।

उनी गीतकार र गायिकाको रुपमा पनि चिनिदै आएकी छन् । १९ वर्षीया सृजना पुन गोल्डेन गेट कलेजमा अध्यनरत छिन् । सौदर्य प्रतियोगिता मार्फत देशको नाम संसारभर चिनाउने उनको लक्ष्य रहेको छ ।