३ मंसिर २०८३, बिहिबार

उपेन्द्र यादव र बाबुराम भट्टराई एक ठाउँमा, प्रधानमन्त्रीको संशोधनमा गम्भीर असहमति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburam-bhattarai-and-upendra-yadavकाठमाडौं, १३ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिा पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले संविधान संशोधनका लागि सत्तारुढ दलहरूले गरिरहेको गृहकार्यको विरोध गर्दै गम्भीर असहमति प्रकट गरेका छन् ।

यादव र भट्टराईले सोमबार संयुक्त विज्ञप्ति जारी गरेर राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन नै नगरेर गरिने संशोधनले कुनै अर्थ नराख्ने बताएका छन् । ‘महत्वपूर्ण राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन नै नहुने गरी गरिने संशोधनले मुलुकको समस्या समाधान हुन नसक्ने मात्र होइन, संविधानको स्वीकारोक्ति र कार्यान्वयन पनि हुन सक्दैन’, विज्ञप्तिमा भनिएको छ ।

अहिलेको संशोधनले शान्ति, स्थिरता र विकासको सट्टा मुलुकलाई थप द्वन्द्व, अन्यौलता र अस्थिरतातर्फ धकेल्ने कार्य मात्र हुने यादव र भट्टराईले जनाएका छन् । ‘राष्ट्रिय समस्याहरूका ठोस समाधान हुनेगरी संविधान संशोधन गरिनु पर्दछ भन्ने हाम्रो धारणा रहेको छ’, संयुक्त विज्ञप्तिमा भनिएको छ ।

संविधान संशोधन गर्दा वर्गीय, जातीय, लैंगिक, भाषिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेद्भावहरूलाई अन्त्य गरिनु पर्ने उनीहरूले जनाएका छन् ।

संविधान संशोधनका लागि भइरहेको तयारीमा यादव र भट्टराईले असहमति जनाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई झन् कठिना हुने भएको छ ।