२ मंसिर २०८३, बुधबार

आन्दोलन भयो भने सरकारले ठूलो मूल्य चुकाउनु पर्छ : मधेसी मोर्चा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajkishwor-Yadavकाठमाडौं, १३ मंसिर । मधेसी मोर्चाका नेता एवम् मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले संविधान संशोधन भएन भने आन्दोलनको बिकल्प नरहने बताउनु भएको छ ।

नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै अध्यक्ष यादवले सरकार गठनका बेला भएको तीन बुँदे सहमति छिटो कार्यान्वयन हुनुपर्ने बताउनुभयो ।

‘संविधान संशोधन भएन भने आन्दोलनमा जान्छौँ’, उहाँले भन्नुभयो, ‘आन्दोलन भयो भने सरकारले ठूलो मूल्य चुकाउनु पर्छ ।’

संविधान संशोधनका लागि सरकारले आलटाल गरेको बताउनुभएका अध्यक्ष यादवले भन्नुभयो, ‘सरकारले मधेसी मोर्चालाई झुक्याउने काम गरिरहेको छ । सीमाङ्कनको विषयमा हामी मान्ने पक्षमा छैनौँ ।’