काठमाडौं, १३ मंसिर । नेपालमा आज विहान भूकम्पको कडा धक्का महसुस गरिएको छ ।
विहान ५ बजेर २० मिनेटमा रामेछाप र सोलुखोम्बुको सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर ५ दशलमव ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो भूकम्प विनाशकारी गोरखा भूकम्पकै पराकम्पन हो ।
काठमाडौं उपत्यकासँगै पोखरा र आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन् । भूकम्पको धक्काले सुतेका सर्वसाधारणको निद्रा खोलिदिएको छ । मानिसहरु घर बाहिर निस्केका छन् ।
भूकम्पले भारतको पश्चिम क्षेत्रमा पनि धक्का दिएको अन्तर्राष्ट्रिय मापन केन्द्रले जनाएको छ ।













प्रतिक्रिया