३ मंसिर २०८३, बिहिबार

काठमाडौंमा विहानै भूकम्पको कडा धक्का

31.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

earthquake-graphic

काठमाडौं, १३ मंसिर । नेपालमा आज विहान भूकम्पको कडा धक्का महसुस गरिएको छ ।

विहान ५ बजेर २० मिनेटमा रामेछाप र सोलुखुम्बुको सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर ५ दशलमव ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

काठमाडौं उपत्यकासँगै पोखरा र आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन् । भूकम्पको धक्काले सुतेका सर्वसाधारणको निद्रा खोलिदिएको छ । मानिसहरु घर बाहिर निस्केका छन् ।

भूकम्पले भारतको पश्चिम क्षेत्रमा पनि धक्का दिएको अन्तर्राष्ट्रिय मापन केन्द्रले जनाएको छ ।

क्षतिको विवरण आउन बाँकी छ ।

bhukampa