३ मंसिर २०८३, बिहिबार

आदिबासी जनजाति नेताहरूले प्रधानमन्त्रीसँग मागे दश प्रदेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

puspakamal-dahalकाठमाडौं, १२ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाललाई पद्मरत्न तुलाधर नेतृत्वको आदिबासी जनजाति आन्दोलनका अगुवाहरुले ज्ञापनपत्र बुझाएका छन् ।

आइतबार बिहान बालुवाटारमा भेट गरी बुझाएको ज्ञापनपत्रमा संविधान संशोधन गर्दा पहिलो संविधान सभाको राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समिति र राज्य पूनर्संरचना आयोगको प्रतिवेदनलाई आधार बनाएर १० प्रदेशको प्रस्ताव दर्ता गर्न माग गरिएको छ ।

प्रतिनिधि मण्डलले पहिलो संविधान सभाको समिति र आयोगको प्रतिवेदनलाई आधार बनाएर अघि बढ्न सम्भव नभए सोहीअनुसार कार्यदेश दिई शक्तिशाली आयोग बनाएर सीमाङ्कन लगायतका विषय टुंगो लगाउन ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्रीले संविधान संशोधनको विषय अन्तिम चरणमा पुगेको बताउँदै सत्ता पक्षमा भएका पार्टीसँग एकपटक छलफल गरेर मात्रै यसलाई टुंगाइने बताउनुभयो ।