३ मंसिर २०८३, बिहिबार

संशोधनका विषयमा ओलीजीसँग सकारात्मक कुरा भएको छ : देउवा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deuba

वीरगन्ज, १२ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज संसदमा दर्ता हुने संविधान संशोधन प्रस्तावलाई मधेसी मोर्चाले पनि समर्थन गर्ने बताउनुभएको छ ।

उहाँले नेकपा(एमाले)का अध्यक्ष केपी ओलीसँग पनि संविधान संशोधनबारे सकारात्मक कुरा भएकाले विना कुनै अवरोध आज संसदमा संविधान संशोधन दर्ता हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल प्रेस युनियन, पर्सा शाखाद्वारा आज वीरगन्जमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दैै सभापति देउवाले नेकपा (एमाले)ले पनि संविधान संशोधन प्रस्तावको पक्षमा मत हाल्ने विश्वास व्यक्त गर्नुभयो ।

एक प्रश्नको जवाफमा अध्यक्ष देउवाले २ नं. प्रदेशलाई आफूहरुले बढी प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले नेकपा(एमाले)का अध्यक्ष केपी ओलीसँग पनि संविधान संशोधनबारे सकारात्मक कुरा भएकाले विना कुनै अवरोध आज संसदमा संविधान संशोधन दर्ता हुने विश्वास व्यक्त गर्नुभयो ।

deuba-ramdev

उहाँले नेपाली जनताले प्रदेशको हकमा कहीँ तराई कहीँ पहाड चाहिन्छ भन्ने माग गरेकाले त्यो सबै हुनुपर्ने नेपाली कांग्रेसको धारणा रहेको बताउनुभयो ।

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले नागरिकताको सवालमा पनि नेपाली काँग्रेस सकारात्मक रहेको बताउनुभयो ।

योग गुरु रामदेवले आयोजना गरेको वृहत योग प्रशिक्षण कार्यक्रममा भाग लिन देउवा पर्साको वीरगञ्ज आउनुभएको थियो ।