काठमाडौं । जब जवानी चढदै जान्छ अनि मायाका अनेकन रङगहरु पलाउन थाल्छन कसैलाई छड्के नजर लगाउन पुगिन्छ त कसैलाई जीवनमा सजाउन मनलाग्छ यहाँ त्यस्तै भएको छ, एउटा झिल्केलाई उसले छड्के नजर साइलीलाई लगाउँछ अनि माइलीलाई भगाउँछ । झिल्केको यो चाला देखेर सारा गाउँ नै छक्क पर्छ ।
अनि भन्न मन लाग्छ– “दिन दिन केटि फेर्ने कस्तो चलन आयो, मलाइ पनि माया प्रेम लगाउँ लगाउँ लायो”– “हाम्रो गाउँको झिल्केले छड्के नजर लगायो साइली लाइ तर भगायो माइलिलाइ” ।
धौलागिरीको माटोले जन्माएको एक होनहार प्रतिभा नेपाली संगीतको बजारमा दर्जनौ सुगम संगीत र लोक संगीत बिच उदायमान गायक समिन्द्र परियारले यतिबेला भने नितान्त फरक लोक दोहोरी गीत “हाम्रो गाउँको झिल्केले” लिएर बजारमा आएका छन् ।
सुमधुर स्वरका धनि गायक समिन्द्र परियार र गायिका सिर्जना थापाको आवाजमा समेटीएको उक्त गीतको शब्द मञ्जु भण्डारी र राजेश बर्देवाको अनि संगीत पनि राजेश बर्देवा कै रहेको छ । जसको संगीत संयोजन नेपालका चर्चित संगीतकार बिबि अनुरागीले गरेका हुन् ।
समाजमा घटने वास्तविक रमाइला घटनालाई ठट्यौली पारामा समेटीएको गीति एल्वम “हाम्रो गाउँको झिल्केले” को आशिष म्युजिक प्रालिले बजार ब्यवस्थापन गरेको सो गीतको भिडियो पनि आशिष म्युजिकले नै निर्माण गरेको हो ।
रविन शंकरको निर्देशनमा रविन शंकर र रश्मि तामाङको जोडदार नृत्य रहेको यस गीतमा शिव अनुराग र लक्ष्मी केसी लगायतको अभिनय रहेको छ । गीतको भिडियो पनि ठट्यौली पारामा निर्माण गरिएको छ । यतिखेर उक्त गीत दर्शक तथा स्रोताको रोजाईमा परेको छ । गीत मज्जाको छ कतै तपाई सुन्न छुट्नु त भएन् आवश्य सुन्नुस है, “हाम्रो गाउँको झिल्केले” सर्वत्र बजारमा उपलब्ध छ ।
















प्रतिक्रिया