काठमाडौं, ११ मंसिर । चीनको झिनजियाङमा शक्तिशाली भूकम्प गएको छ ।
चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरका अनुसार उग्यूर स्वायत्त क्षेत्रमा गएराति ६.७ म्याग्निच्युडको भूकम्प गएको चिनियाँ सरकारी समाचार संस्था सिन्हुवाले जनाएको छ ।
यो भूकम्पले झिनजियाङको किजिलसू किर्गिज स्वायत्त प्रीफेक्चरलाई केन्द्र बिन्दु बनाएको थियो । भूकम्पपछिको क्षतिको विवरण आउन बाँकी छ ।
एल साल्भाडोरमा पनि शक्तिशाली भूकम्प
यसैगरी एल साल्भाडोरमा बिहीबार शक्तिशाली भूकम्प गएको छ । उक्त भूकम्प ७.० म्याग्निच्युडको मापन गरिएको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।
भूकम्पको धक्का मध्य अमेरिकी मुलुकहरु होन्डुरस, निकारागुआ र ग्वाटेमालामा पनि महसूस गरिएको छ ।
वातावरण र प्राकृतिक स्रोत मन्त्रीले सो शक्तिशाली भूकम्पपश्चात पाँच पटक पराकम्प महसूस गरिएको बताए ।
भूकम्प शक्तिशाली नै भएपनि कुनै भौतिक तथा मानवीय क्षति भएको विवरणहरु भने हालसम्म प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन् ।
भूकम्पको केन्द्रविन्दु एल साल्भाडोरको पुइर्टो ट्रिउन्फोबाट १५४ किलोमिटर दक्षिण र दक्षिणपश्चिममा समूद्री सतहदेखि ३० किलोमिटर गहिराइमा रहेको बताइएको छ ।











प्रतिक्रिया