३ मंसिर २०८३, बिहिबार

एमालेको प्रश्न, ‘कसलाई खुसी बनाउन संशोधन ?’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Keshav Badalकाठमाडौं, ११ मंसिर । नेकपा (एमाले)का स्थायी समिति सदस्य केशव बडालले पाँच नम्बर प्रदेशमा प्रधानमन्त्री पुष्पकमल दाहालले किन विवाद गर्न खोज्नु भएको हो भनेर प्रश्न गर्नुभएको छ ।

नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा स्थायी समिति बडालले पुष्पकमल दाहाल कसैको षड्यन्त्रमा फसेको आरोप लगाउनुभयो ।

‘विवाद नै नरहेको पाँच नम्बर प्रदेशमा किन विवाद झिकियो ?’, उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री कसैको षड्यन्त्रमा फस्नु भयो । कि कसैलाई रिझाउन यस्तो कार्य गर्दै हुनुहन्छ ।’

सीमाङ्कन र नागरिकताका विषयमा अहिले नै विवाद गरेर संविधान कार्यान्वयनमा अबरोध गर्नु उचित नरहेको उहाँको भनाइ छ । ‘पहिला संविधान कार्यान्वयन हो । चुनाव गर्नुछ’, बडालले भन्नुभयो ।

संविधान कार्यान्वयन हुन नदिन केही अदृश्य शक्तिहरू चलखेलमा सक्रिय भएको उहाँको भनाइ छ ।

एमाले नेता बडालले आफूहरूले राष्ट्र र जनचाहना विपरित आउने कुनै पनि संशोधन प्रस्तावको कडा प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।