३ मंसिर २०८३, बिहिबार

सहमति जुट्न नसकेर अप्ठेरोमा परेपछि दाहालले बोलाए पोलिट ब्यूरो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mao-meetingकाठमाडौं, ११ मंसिर । संविधान संशोधनको विषयमा दलहरूका वीच बाक्लै छलफलहरू भइरहेका बेला सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले पोलिट ब्यूरोको बैठक बोलाएको छ ।

कोटेश्वरस्थित पार्टी मुख्यालयमा अपरान्ह ३ बजे बस्ने बैठकमा संविधान संशोधनका विषयमा छलफल हुने नेता टोपबहादुर रायमाझीले जानकारी दिनुभयो ।

‘संविधान संशोधनका विषयमा राजनीति दलहरूवीच छलफल भइरहेका छन् । तर सहमति हुन सकेको छैन’, उहाँले भन्नुभयो, ‘कसरी सहमतिमा अगाडि बढ्न सकिन्छ भनेर पार्टीको धारणा बनाउन पोलिट ब्यूरो बोलाइएको हो ।’

सीमाङ्कन र वैवाहिक नागरिकताका विषयमा माओवादी केन्द्रका नेताहरूवीच विवाद छ । पाँच नम्बर प्रदेशबाट पाँच जिल्ला हटाउन खोजिएका विषयमा रायमाझीसहितका नेताहरू विरोधमा उत्रिएका छन् ।

पोलिट ब्यूरो बस्नु अघि लाजिम्पाटमा केन्द्रीय कार्यालयको बैठक बस्नेछ । बैठकमा संशोधन र पोलिट ब्यूरो बैठकका एजेण्डाका विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सहमति गरेरै आइतबारसम्म मधेसी मोर्चालाई खुसी बनाउने गरी संशोधन प्रस्ताव दर्ताको तयारी गरेका छन् ।