लसएञ्जलस । ‘सन्काह’ गायकको उपाधि पाएका क्यानेडियन गायक जस्टिन बिबरले आफूलाई छुन खोज्ने एक फ्यानलाई मुक्का प्रहार गरेका छन् । उनको यो कार्यको सबैले आलोचना गरेका छन् ।
बार्सिलोनामा आयोजित एक संगीतिक कार्यक्रममा सहभागी हुन पुगेका जस्टिनले गाडीभित्र बसिराखेको अवस्थामा छुन खोज्ने एक पुरुष फ्यानलाई मुक्का प्रहार गरेको समाचारमा जनाइएको छ ।
कारको झ्यालबाट जस्टिनलाई छुन खोज्ने फ्यानलाई उनले मुक्का प्रहार गरेका थिए । कार गुड्दा गुड्दै जस्टिनले मुक्का हानेको जनाइएको छ ।
जस्टिनको मुक्काले ती युवकको ओठ काटिएको छ । घाइते प्रशंसकले जस्टिनप्रति आक्रोश व्यक्त गरेका छन् ।
क्यानेडियन गायक जस्टिन जति लोकप्रिय छन् उत्ति नै सन्काहा छन् । यस अघि समेत उनले यस्ता विवादास्पद काम गर्दै आएका थिए । – एजेन्सी















प्रतिक्रिया