२ मंसिर २०८३, बुधबार

राष्ट्रपति भण्डारी र चिनियाँ राजदूतबीच भेटवार्ता, नेपाल र चीन सम्बन्धमा जोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bidhya-yo-hong

काठमाडौँ, १० मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राजदूत यु होङबीच शिष्टाचार भेट भएको छ ।

शुक्रबार राष्ट्रपति भवन शितलनिवासमा भएको भेटमा नेपाल र चीनबीच रहँदै आएको द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउने विषयमा छलफल भएको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले जानकारी दिए ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएसँगै नेपालमा भारतीय हस्तक्षेप र गतिविधि बढेपछि चिनियाँ राजदूत त्यसलाई सन्तुलनमा ल्याउन सक्रिय छिन् ।

त्यसैक्रममा राष्ट्रपति भण्डारीलाई भेटेर सम्बन्ध प्रगाढ बनाउने विषयमा बेइजिङको सन्देश सुनाएकी हुन् ।

भेटमा राष्ट्रपतिको कार्यालय एवम् परराष्ट्र मन्त्रालयका उच्चपदस्थ पदाधिकारी समेतको उपस्थिति थियो ।