काठमाडौं, १० मंसिर । कञ्चन शर्मा रेग्मी प्रकरणमा कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘सुमन सँग’का सञ्चालक पत्रकार सुमन खरेलले माफी मागेका छन् । र, यो घटनाले आफूलाई ठूलो पाठ सिकाएको बताएका छन् ।
‘मान्छेबाट गल्ती हुन्छ नै’ भन्दै उनले कञ्चन प्रकरणलाई टुंग्याएको घोषणा गरे । कार्यक्रममा उनले कञ्चनका पूर्वपति मोहन रेग्मीलाई उपस्थित नगराएपनि उनको सन्देशलाई आफै भनिदिएर प्रशारण गरेका छन् ।
‘कञ्चनले गाँस बास कपास मागेको र मोहनले उचित व्यवस्थापनका लागि आफू तयार रहेको बताइसक्नुभएको छ । अब यो विषयलाई यही टुंग्याउ’ उनले भनेका छन् ।
मोहन, कञ्चन र सम्पूर्ण दर्शकप्रति माफी माग्दै सुमनले विहिबारको कार्यक्रममा क्यान्सरलाई जित्दै आएको पात्रको अनुभव प्रस्तुत गरेका थिए ।
हेर्नुस् भिडियोः











प्रतिक्रिया