२ मंसिर २०८३, बुधबार

प्रधानमन्त्रीलाई गम्भीर प्रश्न, झाले भने, ‘विवाद अन्तै छ, ५ नं.लाई टुक्रा किन पार्ने ?’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dharmendra-jhaकाठमाडौं, १० मंसिर । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले विवादमा रहेका पाँच जिल्लालाई केही नगरेर पाँच नम्बर प्रदेशलाई किन टुक्रा–टुक्रा पर्ने भनेर नेतृत्वसँग गम्भीर प्रश्न गरेका छन् ।

नेपाली कांग्रेस निकट मानिने पत्रकार झाले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर पाँच नम्बर प्रदेशलाई टुक्रा–टुक्रा पारेको भन्दै चर्को असन्तुष्टि जनाएका हुन् । ‘विवाद भएको झापा मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई नचलाउने ५ नं. प्रदेशलाई टुक्रा–टुक्रा पार्ने किन ?’, झाले प्रश्न गरेका छन् ।

जहाँ विवाद छ त्यही समस्या खोज्नु पर्ने झाको भनाइ छ । महासंघका पूर्व अध्यक्ष झाले फेसबुकमा स्ट्याटस लेखेपछि कमेन्ट लेख्नेहरूले समर्थन गर्दै राजनीतिक दलका नेताहरूको आलोचना गरेका छन् ।

dharmendra-jha-jpg-daiअहिलेको सरकारले पाँच नम्बर प्रदेशका पहाडी जिल्ला रोल्पा र प्यूठान तथा अर्घखाँची, गुल्मी र पाल्पालाई हटाएर चार र छ नम्बर प्रदेशमा गाम्भे प्रयास गरेपछि पत्रकार झाले असन्तुष्टि जनाएका हुन् ।

दलहरूका वीच कैलाली, कञ्चनपुर, झापा, मोरङ र सुनसरी जिल्लालाई के गर्ने भन्नेमा विवाद छ । तर ती विवादित जिल्लाहरूलाई नचलाएर सत्तागठबन्धनले पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग गराउन खोजेपछि सरकारले चारैतिरबाट विरोधको सामना गरिरहेको छ ।