२ मंसिर २०८३, बुधबार

प्रधानमन्त्रीविरुद्ध यसरी बढ्दैछ व्यापक विरोध, वैद्य माओवादी पनि सडकमा

11.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

puspakamal-dahal-mohan-bidhya-maoistकाठमाडौं, १० मंसिर । वर्तमान सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयमा खेलवाड गरेको भन्दै मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आज राजधानीमा विरोध प्रदर्शन गर्दैछ ।

दिउँसो १ बजे रत्नपार्कस्थित शान्तिबाटिकामा विरोध प्रदर्शन र सभाको आयोजना गर्न लागिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीविका लगायतका विषयलाई बेवास्ता गरेको आरोप वैद्य माओवादीले लगाएको छ ।