२ मंसिर २०८३, बुधबार

एमालेसँगको वार्ता सकारात्मक नभएपछि प्रधानमन्त्रीले बोलाए केन्द्रीय कार्यालय बैठक

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

puspakamal-dahal-prachandकाठमाडौं, १० मंसिर । प्रमुख विपक्षी दल नेकपा (एमाले)संगको बिहीबारको वार्ता सकारात्मक नभएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको बैठक बोलाउनु भएको छ ।

कोटेश्वरस्थित पार्टी मुख्यालयमा बस्ने बैठकमा केन्द्रीय कार्यालय बैठकमा संविधान संशोधनकै प्रस्तावका विषयमा छलफल केन्द्रित हुने स्रोतले जनाएको छ । संशोधनका विषयमा एमालेसँग भएका पटक–पटकका छलफलहरू सकारात्मक हुन नसकेपछि प्रधानमन्त्री दाहाल तनावमा रहेको बताइन्छ ।

एमालेले नमानेपछि अन्य दलहरूको समर्थनमा सकेसम्म कम विवाद हुने गरी संशोधन प्रस्ताव बनाउने पक्षमा प्रधानमन्त्री दाहाल रहेको स्रोतले उल्लेख गरेको छ । एमालेले राष्ट्रियताको सवाल उठाउँदै संशोधन प्रस्तावमा कुनै पनि हालतमा सहयोग गर्न नसकिने जनाउँदै आएको छ ।

सीमाङ्कन, हिन्दी भाषा, वैवाहिक अंगीकृतलाई अधिकर, राष्ट्रिय सभामा प्रतिनिधित्वका विषयमा माओवादी केन्द्रले आजको बैठकबाट धारणा तयार बनाउने समेत बुझिएको छ ।