२ मंसिर २०८३, बुधबार

धादिङ केन्द्र भएर नेपालमा फेरि भूकम्पको धक्का

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

earthquake

काठमाडौँ, ९ मङ्सिर । धादिङको महादेवबेंसी आसपास केन्द्रबिन्दु भई आज परकम्प गएको छ ।

राति ८ बजेर २३ मिनेट जाँदा ३.६ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का धादिङ, नुवाकोट र मकवानपुरमा बढी महसुस भएको र त्यहाँबाट सर्वसाधारणले केन्द्रमा सोधखबर गरेको केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिनुभयो । परकम्पको महसुस राजधानीका कतिपय स्थानमा समेत महसुस गरिएको छ ।

उहाँका अनुसार केन्द्रले ४ रिक्टर स्केलमाथिको परकम्प मात्र सार्वजनिक गर्ने र सोभन्दा मुनिका परकम्पलाई बेवसाइटमा मात्र राख्ने गरेको छ । गत वर्ष वैशाख १२ (७.६ रिक्टर) गतेको ‘गोरखा भूकम्प’पछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ४७४ परकम्प गएको जनाइएको छ । रासस