२ मंसिर २०८३, बुधबार

प्रधानमन्त्रीले एमाले समक्ष राखे अर्को नयाँ प्रस्ताव, ओलीसहितका नेता छक्क

67.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pm
काठमाडौं, ९ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीसहितका प्रमुख नेताहरूवीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ अचानक भएको भेटवार्तामा पुरक बजेट ल्याउने विषयमा प्रधानमन्त्री दाहालले प्रस्ताव राखेको दाहालको निजी सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

एमाले नेतृत्वको अघिल्लो सरकारले बजेट ल्याएको थियो । बजेटप्रति अहिलेको सरकारले खासै रुची राखेको छैन । बजेट आधा सकिने बेला प्रधानमन्त्री दाहालले पुरक बजेटको कुरा ल्याएर एमालेलाई आश्चर्यमा पारेका छन् ।

वार्तामा संविधान संशोधनका विषयमा पनि छलफल भएको थियो । संशोधनमा सहयोग गर्न दाहालले राखेको प्रस्तावलाई एमालेका नेताहरूले सकारात्मक जवाफ नदिएको स्रोतको भनाई छ ।

प्रधानमन्त्रीसँग संविधान संशोधन र पूरक बजेटका सन्दर्भमा कुराकानी भएको एमाले उपाध्यक्ष भीमबहादुर रावलले जानकारी दिए ।

‘संशोधनको कुरा राष्ट्रको हितमा छैन, यसले अन्योल र अरु द्वन्द्व निम्त्याउन सक्छ, जसका लागि संशोधन गरिँदैछ, उनै विरोधमा रहेकाले कसका लागि संशोधन भनेर हामीले प्रधानमन्त्रीलाई भन्यौँ,’ उनले भने । एमालेले पूरक बजेट कुन आशयका साथ ल्याउन लागेको हो र अहिले आएर किन समर्थन चाहियो भन्ने प्रश्न पनि प्रधानमन्त्री समक्ष राखेको उपाध्यक्ष रावलले बताए ।

छलफलमा प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री कृष्णबहादुर महरा तथा एमालेका तर्फबाट अध्यक्ष ओली, उपाध्यक्षद्वय वामदेव गौतम र रावल सहभागी थिए ।