लन्डन, ९ मंसिर । ब्राजिलियन क्लब सान्तोसबाट स्पेनको बार्सिलोना क्लबमा स्थानान्तरण हुने क्रममा ब्राजिलका स्टार स्ट्राइकर नेइमारको अनुबन्धको विषयमा आर्थिक अनियमितता भएको भन्दै स्पेनको अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ ।
सन् २०१३ मा क्लब स्थानान्तरणमा भएको वित्तीय अनियमितताको विषयमा स्पेनको अदालतले उनलाई दुई वर्षको जेल सजायको निर्णय गरेको हो ।
न्यायाधीश जोसे पेरेल्सले नेइमारको अनुबन्धको मुद्दामा संलग्न बार्सिलोनाका पूर्वअध्यक्ष सान्ड्रो रोसेललाई ८४ लाख युरो जरिवानाको निर्णय गरेको छ ।
वर्तमान अध्यक्ष जोसेप मारिया बाटोमेउविरूद्ध पनि दर्ता गरिएको मुद्दा भने उनको संलग्नता नभएका कारण अदालतले सफाइ दिएको छ ।
अदालतले रोसेल, नेइमार र उनका बुबालाई अभियुक्त मानेको समाचारमा उल्लेख छ । – एजेन्सी















प्रतिक्रिया