३१ आश्विन २०८३, शनिबार

पूर्व उपप्रधानमन्त्री केसी माइक्रोबसबाट खसे, टाउकोमा चोट लागेर बेहोस!

114.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chitra-bhadur-kc
फाइल तस्वीर

काठमाडौं, ८ मंसिर । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी सार्वजनिक यातायातमा चढ्ने क्रममा बुधबार लडेर घाइते भएका छन् ।

उनको टाउको र ढाडमा चोट लागेको छ र काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचार भइरहेको छ ।

जनमोर्चा निकट पत्रकार नारायण शर्माका अनुसार पार्टीको केन्द्रीय कार्यालय कपन जाने क्रममा केसी रातोपुलमा माइक्रोबसबाट लडेका हुन् । ढोकानेरको सिटमा बसेका केसी चालकले बस मोड्ने क्रममा लडेर बेहोस भएपछि स्थानीयले अस्पताल पुर्याएका थिए ।

chitrabahadur-kc

केएमसीमा उपचार गराइरहेका अध्यक्ष केसीको अवस्था सामान्य रहेको र डाक्टरले भोलिसम्म अस्पताल बस्न सुझाव दिएको पत्रकार शर्माले जानकारी दिए ।

सरकारी पद धारण गरिसकेका राजनीतिक दलका नेताहरु सेवा-सुविधा-गाडी लिन तछाड मछाड गरिरहेका बेला ओली सरकारमा उपप्रधानमन्त्री रहेका केसी सरकारी सुविधा त्यागेर सार्वजनिक यातायात प्रयोग गर्दै आएका छन् । उनी मन्त्री बन्नुभन्दा पहिला पनि सार्वजनिक यातायात चढ्थे ।