२ मंसिर २०८३, बुधबार

सत्तारुढ दल र मधेसी मोर्चाबीच संविधान संशोधन प्रस्ताव संसदमा लैजाने समझदारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

congress-mao-morcha

काठमाडौं, ८ मंसिर । सत्तारुढ कांग्रेस-माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा पेस गर्ने समझदारी भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बुधबार विहान बालुवाटारमा बसेको कांग्रेस माओवादी र मधेसी मोर्चाको संयुक्त बैठकले संशोधन प्रस्ताव संसदमा लैजाने समझदारी गरेको माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए ।

‘संशोधन प्रस्ताव संसदमा लैजाने समझदारी भएको छ । अब ड्राफ्ट तयार पार्छाै । यसमा सीमाकंनको विषय, भाषा, राष्ट्रिय सभामा प्रतिनिधित्वको विषय र नागरिकताको विषयसहित अन्य विषयहरु समेटेर संशोधन प्रस्ताव छिट्टै दर्ता गर्छाै,’ उनले भने ।

सोमबार साँझ बसेको तीन दलको बैठकमा नेकपा एमालेले संशोधनमा साथ दिन नसकिने निर्णय सुनाएपछि प्रधानमन्त्रीले आज विहान कांग्रेस, माओवादी र मधेसी मोर्चाका नेताहरुसँग छलफल गरेर एमालेविनै संशोधन प्रस्ताव अघि बढाउने निष्कर्षमा पुगेका हुन् ।