३१ आश्विन २०८३, शनिबार

यु–१९ एसिया कप क्रिकेटका लागि खेलाडी छनोट

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CAN

काठमाडौँ, ७ मङ्सिर । श्रीलङ्कामा आयोजना हुने उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताका लागि प्रारम्भिक चरणमा ५२ जना खेलाडी छनोट भएका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले विभिन्न छ जिल्लाबाट गरेको ट्यालेन्ट हन्ट कार्यक्रमबाट ५२ जनालाई प्रारम्भिक चरणमा छनोट गरेको हो । क्यानले नयाँ युवा खेलाडी खोजी गर्न काठमाडौँ, धनगढी, नेपालगन्ज, विराटनगर, भैरहवा र कलैयामा ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गरेको थियो । त्यहाँबाट छनोट भएका र उन्नाइस वर्षमुनि टोलीबाट यसअघि नै खेलिसकेका खेलाडीसहित ५२ जना प्रारम्भिक चरणमा छनोट भएका हुन् ।

छनोट हुने खेलाडीमा अभिनाष कर्ण, सुशान्त सिंह थापा, मुकुन्द यादव, सन्दिप ढुङ्गाना, अनिल कुमार थापा, फिर्तोश अन्सारी, ललित नारायण राजवंशी, आसिफ शेख, अनिल कुमार साह, अस्चल थारु चौधरी, रिजन ढकाल, राशिद खान, पवन शर्राफ, रित गौतम, जितेन्द्र सिंह ठकुरी, प्रदिप टण्डन, सन्दिप जोहरा, आयुषमान बम, प्रणय शाह, कमल खत्री, पाल्देन लामा, र शुभाङ्कर उराउ छन् ।

त्यसैगरी अमन पन्थी, सागर भण्डारी, दिपेन्द्रसिंह ऐरी, सन्दिप सुनार, सुमन पाण्डे, सन्दिप लामिछाने, रोहित पौडेल, देव खनाल, समसद आलम, प्रकाश केसी, धिरज शाही, कमल सिंह ऐरी, साह आलम, विक्रम भुसाल, रवीन्द्र शाही, प्रनित थापा मगर, विजय चौधरी, विक्रम ठगुन्ना, अफजल खान, लोकेश चन्द, भीम सार्की, रोमन बम, अर्जुन साउद, सुरज ऐर, विपिन रावल, किशोर महतो, नन्दनकुमार यादव, दिव्यांशु मल्लिक, मोहम्मद हुसैन र अनिल विश्वकर्मा पनि छनोट भएका छन् । रासस