परासी, ७ मंसिर । नेकपा एमालेका युवा नेता एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले वर्तमान सरकारले ल्याउन लागेको संविधान संशोधन प्रस्ताव पारित हुन नसक्ने बताउनुभएको छ ।
मधेसी मोर्चाले समेत अमान्य भनिसकेको, एमालेले विपक्षमा मत दिने तथा ल्याउन लागिएको भनिएको संसोधन प्रस्ताव मुलुकको हितमा समेत नभएकाले संशोधन पारित नहुने उहाँले ठोकुवा गर्नुभयो । नवलपरासीको बर्दघाटमा सन्चालित कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको आज समापन समारोहलाई सम्बोधन गर्दै नेता बस्नेतले संविधान संशोधन हुनै नदिने समेत बताउनुभयो ।
नेता बस्नेतले नवलपरासीलाई अखण्ड बनाउन लागिएको प्रति पनि आपत्ति जनाउनुभयो । नवलपरासीका नागरिकले नवलपरासीलाई अलग गर्नुपर्ने भनिरहेको बेला सरकारले अखण्ड नवलपरासी सहित पाच नम्बर प्रदेशको पहाडि जिल्ला टुक्राउन खोजे त्यसको शसक्त प्रतिवाद गर्ने पनि बस्नेतले बताउनुभयो ।
शेरबहादुर देउवाले कैलाली कन्चनपुरलाई छुन दिन्न भन्ने तर नवलपरासीका नागरिकको अभिमत नै नसुनी जवरजस्ती सीमांकन गर्न नमिल्ने उहाँको भनाई थियो ।












प्रतिक्रिया