२ मंसिर २०८३, बुधबार

सांसद साहले गरे ‘स्वतन्त्र मधेस राष्ट्र’को मागः दानपानी फेरि बन्द गर्न आह्वान !

7.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

abhishek-pratap-sahaकाठमाडौं, ७ मंसिर । संघीय समाजवादी फोरम नेपालका उपमहासचिव एवं सांसद अभिषेक प्रताप साहले स्वतन्त्र मधेस राष्ट्रको माग गर्दै फेरि दानापानी बन्द गर्न अह्वान गरेका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा आक्रोशित भाषामा ‘बस करो मधेसी नेता अब आओ वापस मधेस, बंद करो दाना पानी तेल और माँगो अलग राष्ट्र मधेस’ भन्ने शब्द लेख्दै अभिषेकले अलग मधेस राष्ट्रको माग गरेका हुन् ।

सोमबार साँझ बालुवाटारमा बसेको तीन दलको बैठकमा सविधान संशोधनका विषयमा सहमति नभएपछि मधेशमा आक्रोश बढेको हो । र उक्त आक्रोश जनता प्रतिनिधि सांसद साहबाटै आएको छ । नेता साहले मधेसी नेतालाई मधेस फर्केर आन्दोलन गर्न सुझाव दिँदै अब आन्दोलनबाटै अलग मधेश राष्ट्र बनाउन आग्रह गरेका छन् ।

यसअघि सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो काठमाडौंमा दानापानी बन्द गर्ने भनेको केही दिनमै भारतले अघोषित नाकाबन्दी गरेको थियो ।

अब समय वर्वाद नगरौंः कृष्णा सिंह

यता तराई मधेस लोकतान्त्रिक पार्टीका सहप्रवक्ता कृष्णा सिंहले पनि अब समय बर्बाद नगर्न मधेशवादी दललाई सुझाव दिएका छन् । अब वारपारको लडाई लड्न तयार हुन आग्रह गर्दै उनीहरु (तीन दल) जस्तो लडाई लड्न चाहन्छन् त्यस्तै लडाई लड्ने उनको चेतावनी छ ।

‘हाम्रो पहिचानलाई गाली दिने दलसँग अब कुनै सम्झौता हुँदैन,’ उनले भने– ‘मधेशी अझै सहादत दिन तयार छ, ‘हर डाल पे उल्लु बैठा है आन्जाम गुलिस्ता क्या होगा…’