२ मंसिर २०८३, बुधबार

संविधान संशोधन किनः हिन्दीलाई राष्ट्रिय भाषा बनाउन, अंगीकृतलाई प्रमुख पद दिन, फिजीकरण गर्न ?

11.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajib-pahari

काठमाडौं, ७ मंसिर । युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले राष्ट्र र जनताको हितविपरित संविधान संशोधन हुन नदिने बताएका छन् ।

‘संशोधन नेपाली जनताको चाहना होइन्, दिल्ली दरबारबाट आएको हो । हामी युवाहरु सडकमा रगतको खोलो बगाउछौं तर, राष्ट्र र जनताको अहितमा संविधान संशोधन हुन दिँदैनौं’– राजीव पहारी ।

संविधान कार्यान्वयन र संशोधनको प्रश्न विषयमा मंगलबार युवा संघ र अनेरास्ववियुद्धारा आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पहारीले संविधान जारी भएको १४ महिना वितिसक्दा कानून निर्माण गरी कार्यान्वयन गर्नपर्ने बेला संशोधन गर्न खोज्नु गलत भएको बताए । ‘संविधान संशोधन नेपाली जनताको चाहना होइन् । दिल्ली दरबारबाट आएको हो,’ उनले भने ‘संशोधन किन गर्ने, हिन्दीलाई राष्ट्रिय भाषा बनाउन, अंगीकृतलाई राष्ट्रपति प्रधानमन्त्री सभामुख प्रधानन्यायाधिश बनाउन, देशलाई फिजीकरण गर्न ?’

राष्ट्रहित विपरित संविधान संशोधन गर्ने प्रस्तावमा आफूहरु सहमत छैनौं भन्दै पहारीले यो राष्ट्रघाति प्रस्ताव हो, देशलाई फिजीकरण गर्ने प्रयत्नको सुरुआत हो भने । ‘सडकमा रगतको खोलो बगाउँछौं तर, कुनै हालतमा संशोधन हुन दिँदैनौं,’ उनले भने ‘बाटा बाटा र गौडा गौडामा छेकेर संशोधन गर्न जाने सांसदलाई रोक्छौं । मानव सांगलो बनाउँछौं ।’

अध्यक्ष पहारीले संविधान संशोधन प्रस्तावलाई ‘धान छोडेर रौसी’को संज्ञा दिँदै लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव डाइभर्ट गर्ने षडयन्त्र भएको आरोप लगाए ।

अध्यक्ष पहारीले सांसद तलबभत्ता वृद्धिको पनि विरोध गरे । ‘देशमा भूकम्प पीडितले राहत नपाएको बेला, जनता महंगी र कालोबजारीको मारमा परेको बेला तलबभत्ता बढाउनु असोभनिय छ । म हाम्रो पार्टीका सबै सांसदलाई वृद्धि तलबभत्ता फिर्ता गर्न र यसको नेतृत्व लिन अध्यक्ष केपी ओलीलाई अनुरोध गर्दछु ।’

nabina-lama

पत्रकार सम्मेलनमा अनेरास्ववियुका अध्यक्ष नविना लामाले संविधान कार्यान्वयनका निम्ति सबै दलहरुलाई एक ठाउँमा ल्याउन दबाब दिने उद्देश्यले ‘संविधान कार्यान्वयन र संशोधनको प्रश्न’ विषयक कार्यक्रम आयोजना गरिएको बताइन् । ‘संविधान कार्यान्वयन नभई संशोधन कुरा आउँदा हामी गम्भीर र चिन्तित छौं,’ उनले भनिन् ‘अब सबै दल एक हुनुपर्छ, संविधान कार्यान्वयनमा लाग्नुपर्छ हाम्रो मान्यता हो । यो कार्यक्रमले सहमतिका लागि दबाब दिनेछ ।’

युवाहरु देशको भविष्यको कर्णधार भन्दै उनले नेपाली जनताको संविधान कार्यान्वयनका लागि युवाहरु हातमा हात काँधमा काँध थापेर अघि बढ्ने बताइन् ।

कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले नेपाल बचाउने अभियानमा लागेका सबैले ‘संविधान कार्यान्वयन र संशोधनको प्रश्न’ विषयक कार्यक्रम सफल बनाउनुपर्नेमा जोड दिए ।

press-meet-yaan

यो कार्यक्रम मंसिर ९ गते १२ बजे राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा हुँदैछ । कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख वक्ता रहेका छन् । एमालेबाट भीम रावल, कांग्रेसबाट प्रकाशमान सिंह, माओवादी केन्द्रबाट टोपबहादुर रायमाझी, राप्रपाबाट कमल थापा, फोरम लोकतान्त्रिकबाट विजय गच्छदार, जनमोर्चाबाट चित्रबहादुर केसी, तमलोपाबाट हृदेश त्रिपाठी, संघीय समाजवादी फोरमबाट राजेन्द्र श्रेष्ठले बोल्ने कार्यक्रम छ ।

हेर्नुस् भिडियोः