३ मंसिर २०८३, बिहिबार

एमालेको धारणाप्रति मधेसी मोर्चाले यसरी दियो कडा जवाफ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

laxman-lal-karna-555x335काठमाडौं, ७ मंसिर । मधेसी मोर्चाका नेता तथा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले एमालेले संविधान संशोधनमा असहयोग गर्ने नीति लिएर मधेसी जनतामाथि घोर अन्याय गरेको आरोप लगाउनुभएको छ ।

नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै सहअध्यक्ष कणले एमालेले संशोधन प्रस्तावको विपक्षमा जाने आफ्नो धारणा सार्वजनिक गरेर ठूलो गल्ती गरेको बताउनुभयो । ‘एमालेको पछिल्लो निर्णय र अभिव्यक्तिले तराई मधेसमा नाङ्गिएको छ’, उहाँले भन्नुभयो, ‘एमालेलाई अब तराई मधेसका जनताले चिन्ने छन् ।’

मधेसी मोर्चाका नेता समेत रहेका सद्भावना पार्टीका सहअध्यक्ष कणले एमालेले सहयोग नगरे पनि संविधान संशोधन प्रस्ताव अगाडि बढ्नेमा आफू ढुक्क रहेको उल्लेख गर्नुभयो । ‘तीन बुँदे सहमतिलाई सरकारले कार्यान्वयन गर्ने हो’, उहाँले भन्नुभयो, ‘हामीले एमालेसँग अनुमति लिइरहनु पर्दैन ।’

बालुवाटारमा सोमबार राति बसेको ठूला तीन दलका शीर्ष नेताहरूको बैठकतिर संकेत गर्दै नेता कर्णले भन्नुभयो, ‘एमालेमा अहंकार पलाएको छ । जनताले उसलाई यसको पाठ सिकाउने छन् ।’

संविधान संशोधन प्रस्तावमा एमालेले असहोग गर्ने चेतावनी दिएपछि बालुवाटार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेका नेताहरूलाई अहंकारी भन्ने शब्द प्रयोग गरेपछि वार्ता भाँडिएको थियो ।