२ मंसिर २०८३, बुधबार

राजधानीमा अचानक किन लोडसेडिङ भयो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bulb-light-nepalकाठमाडौं, ६ मंसिर । लोडसेडिङ मुक्त भएको महिना दिनपछि सोमबार साँझ राजधानीमा विद्युत आपूर्ति बन्द भएको छ ।

सेवाग्राहीका अनुसार साँझ पौने ६ बजेदेखि काठमाडौँ उपत्यकामा करिब आधा घण्टा लोडसेडिङ भएको हो ।

नेपाल विद्युत प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख विष्णुप्रसाद श्रेष्ठले सिस्टममा समस्या आएका कारण विद्युत आपूर्ति बन्द हुँदा लोडसेडिङ बताए ।

प्राधिकरणमा कुलमान घिसिङ आएपछि काठमाडौं उपत्यका तिहारयता लोडसेडिङमुक्त भएको छ ।