काठमाडौं, ६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रि प्रजातन्त्र पार्टीबीच आज पार्टी एकता हुँदै छ ।
काठमाडौंको प्रज्ञा भवनमा दिउँसो एक बजे हुने विशेष कार्यक्रमका बीच राप्रपा र राप्रपा नेपालीवीच एकीकरण हुन लागेको हो । एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी रहनेछ ।
दुई जना अध्यक्ष हुने अन्तरिम विधान पारित भइसकेको छ । एकीकरण घोषणा भएसँगै पशुपति शम्शेर राप्रपाको राष्ट्रिय अध्यक्ष हुनेछन् । कमल थापा पार्टी कार्यकारी अध्यक्ष बन्ने छन् ।
पार्टीको झन्डा राप्रपा नेपालको हुने र चुनाव चिन्ह भने महाधिवेशनले तय गर्नेछ । महाधिवेशन तीन महिनाभित्र हुने सहमति भएको सहप्रवक्ता किरण गिरीले जानकारी दिए । संसदमा चौठो ठूलो दलसहित एकीकरणपछि राप्रपाको ३७ सिट हुनेछ ।











प्रतिक्रिया