३१ आश्विन २०८३, शनिबार

१० प्रदेश माग्ने उपेन्द्र यादवलाई एमाले अध्यक्ष ओलीको कडा जवाफ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-upendra-yadav

ललितपुर, ५ मंसिर । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले सातभन्दा बढी प्रदेशको माग अनुचित भएको बताएका छन् ।

शनिबार संघीय गठबन्धन संयोजक उपेन्द्र यादवले पत्रकार सम्मेलन गरेर १० प्रदेशको माग गरेको भोलिपल्टै जवाफ दिँदै एमाले अध्यक्ष ओलीले सातभन्दा बढी प्रदेशको माग गर्दा देश ध्वस्त हुने कुरालाई हेक्का राख्न चेतावनी दिए ।

एमाले प्रदेश नम्बर ३ सङ्गठन विभागको कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै ओलीले भने– ‘गरिब देशमा कतिवटा सरकार, कति संसद् र कति मुख्यमन्त्री थेग्ने भन्ने पनि सोच्नुपर्छ । हचुवाका भरमा प्रदेशका मामिलामा बोल्नु ठिक हुँदैन् ।’

संविधान कार्यान्वयनमा जोड

एमाले अध्यक्ष ओलीले अहिले संविधान संशोधनभन्दा पनि कार्यान्वयनमा केन्द्रीत हुनुपर्ने बताए । ‘संविधान कार्यान्वयनका लागि ऐन÷कानुनको निर्माण, आयोग गठन, सीमासम्बन्धी अस्पष्टता हटाउनु खाँचो छ,’ उनले भने ।

मित्रताका नाममा देशलाई कुठाराघात एमालेलाई अस्वीकार्य

kp-oli-lalitpur

कार्यक्रममा पूर्व प्रधानमन्त्री ओलीले मित्रताका नाममा देशलाई कुठाराघात गर्न खोजे एमालेलाई स्वीकार्य नहुने चेतावनी दिए । भोलि हुने तीन दलको बैठकमा आफूले राष्ट्रहितका पक्षमा नै अडान लिने प्रतिबद्धता पनि जनाए ।

बैठकमा आफू दृढताका साथ लोकतन्त्र र अग्रगमनका पक्षमा आवाज उठाउने उनले बताए । संविधान संशोधनसम्बन्धी विषयमा उनले भने, ‘तीन करोड नेपालीको साझा मुलुक भएकाले ‘फलानाजी’ मान्नुभएन भन्दैमा एमाले संशोधनका लागि सहमत हुँदैन ।’ मित्रताका नाममा देशलाई कुठाराघात गर्न नदिनेमा उनको जोड थियो । परराष्ट्र नीति सञ्चालनको आधार राष्ट्रहित, अन्तर्रा्ष्ट्रिय सम्बन्ध र न्याय नै आधार हुने उनले बताए । एमाले विगतदेखि नै अनुत्पादकभन्दा पनि उत्पादक रोजगारीका पक्षमा लागेको ओलीको भनाई थियो ।