काठमाडौं, ५ मंसिर । प्रमुख प्रतिपक्षी नेकपा एमालेको स्थायी समिति बैठक आइतबार साँझ बस्दै छ ।
केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार साँझ ५ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने बैठकमा संविधान संशोधनको विषयमा छलफल तथा निर्णय हुनेछ ।
मधेसको माग सम्बोधनका लागि भन्दै सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गर्ने तयारी गरिरहेका बेला एमालेको बैठकलाई महत्वका साथ हेरिएको छ ।
यसअघि एमालेले संविधान संशोधन गर्नुको औचित्य पुष्टी नभएको भन्दै विरोध गर्दै आइरहेको छ ।












प्रतिक्रिया