२ मंसिर २०८३, बुधबार

एमालेको समर्थनविना संविधान संशोधनमा संख्या पुग्छ : अध्यक्ष भण्डारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sharat-singh-bhandariकाठमाडौं, ५ मंसिर । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष एवम् मधेसी मोर्चाका नेता शरतसिंह भण्डारीले एमालेको सहयोगविना पनि संविधान संशोधन हुन सक्ने बताउनुभएको छ ।

नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै अध्यक्ष भण्डारीले एमालेले समर्थन नगर्दा पनि संविधान संशोधनमा आवश्यक संख्या पुग्ने दाबी गर्नुभयो । ‘एमालेलाई सहमति र सहकार्यमार्फत अगाडि बढाउन खोजेका हौँ’, उहाँले भन्नुभयो, ‘संविधान संशोधन गर्ने नै हो भने एमाले नआउँदा पनि दुईतिहाइको संख्या पुग्छ ।’

अध्यक्ष भण्डारीले एमालेलाई संविधान संशोधनको समर्थनमा आउन र सहमतिको राजनीतिमा सहकार्य गर्न आग्रह गर्नुभयो । ‘एमालेसँग अनुमति मागेर संविधान संशोधन गर्ने विषय पनि होइन’, उहाँले भन्नुभयो, ‘संख्याको राजनीतिले संविधान कार्यान्वयन गर्न कठिनाइ हुन्छ । सहमति आवश्यक छ । एमालेले अनावश्यक बखेडा गर्नु हुँदैन ।’

संसदमा एमालेका १ सय ८२ सांसद छन् । एमालेले मधेसी मोर्चाले भने अनुसार गरेर संविधान संशोधन गर्न नसकिने अडान राख्दै आएको छ । मधेसी मोर्चाले सीमाङ्कन, नागरिकता र समावेशिताका विषयमा संशोधनमार्फत माग पूरा गर्न दबाब दिँदै आएको छ ।