२ मंसिर २०८३, बुधबार

ओली भन्छन्- जनताले जे भन्छन् त्यही हुन्छ, नेता भए भन्दैमा जे पायो त्यही गर्ने ?

12.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-2

– नरेश केसी

भैरहवा, ४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिले स्थानिय निकायको निर्वाचन गरिसकेपछि मात्र संविधान संशोधन गर्न कार्यमा सहभागी हुने बताएका छन् ।

प्रेस चौतारी नेपाल रुपन्देहीले शनिबार भैहरवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने– ‘अहिलेको परिस्थीति संक्रमणकालिन छ । यो संक्रमणकालको अन्तिम समय हो । यो बेला संविधान संशोधन गर्नुभन्दा संविधानले व्यवस्था गरेको स्थानिय तहको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्नु जरुरी छ ।’

kp-oli

नेता ओलीले संविधान संशोधनको नाममा अनावश्यक हल्ला गर्नु ठीक नभएको जनाउदैं संशोधन गर्नुपर्ने भए कुन धारा र उपधारा हो किटानी गरी भन्नु भन्दा पनि नभन्ने केबल संशोधन संशोधन मात्रै भनेर हिड्नु गलत भएको समेत बताए ।

नेकपा एमालेको बुटवलमा आयोजित ५ नम्बर प्रदेश भेलालाई सम्बोधन गर्न रुपन्देही आएका नेता ओलीले ५ नम्बर प्रदेशबाट पहाड र तराईलाई अलग पार्न खोज्नु गलत भएको समेत बताए । उनले भने– “यहांका जनताले जे भन्छन् त्यही हुन्छ । नेता भए भन्दैमा जे पायो त्यहि भन्दै हिड्नु ठीक होइन ।”

ओलीले एमालेलाई संशोधनको विपक्षको छ भनेर भ्रम फिजाईको भन्दै भने एमाले संविधान संशोधनको पक्षमा छ तर पहिले निर्वाचन जरुरी छ ।

uml-bhairahawa

ओलीले नागरिकताको सम्बन्धमा कडा प्रतिक्रिया दिदैं हचुवाको भरमा बाँडिएको नागरिकताको भरमा संवैधानिक पदमा पुग्ने सपना देख्नु गलत भएको बताए । उनले भने– ‘आज विहे गर्ने, गाऊमा सचिवलाई भनसुन गरेर नागरिकता बनाउने, भोलि दलको नेता बन्ने त्यसपछि केन्द्रमा जाने, अनि छिमेकीको दबाबमा मन्त्री खाने र पछि राष्ट्रप्रमुख बन्ने सपना कसैले देख्छ भने त्यो दिवा सपना मात्रै हुन्छ । त्यस्तो राष्ट्रघाति काम कदापी हुन दिदैनौं ।’