काठमाडौं, ४ मंसिर । मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपालले जापानमाथि जित हात पारेको छ ।
शनिबार सातोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा नेपालले फ्रेन्ड्स अफ जापानमाथि १–० को जित हात पारेको हो ।
नेपालको जितमा नवयुग श्रेष्ठले खेलको ५९ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
नेपाल–जापान कूटनीतिक सम्बन्ध ६० औँ वर्षमा प्रवेश गरेको अवसरमा खेल आयोजना गरिएको आयोजक कलरबाथका अध्यक्ष गणेशमान लामाले बताए ।
















प्रतिक्रिया