मकवानपुर, ४ मंसिर । मकवानपुर जिल्लाको भीमफेदीमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
भीमफेदीको जुरुखेतमा शनिबार बिहान भएको निजी नम्बर प्लेटको गाडी दुघर्टनामा दुई जनाको मृत्यु भएको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन् । एक जनाको घटनास्थल र अर्का एक जनाको उपचारका लागि लैजादै गर्दा मृत्यु भएको बुझिएको छ ।
दुर्घटनाका विषयमा पूर्ण विवरण आउन सकेको छैन । हेटौँडाबाट काठमाडौं आउँदै गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले दुर्घटना भएको देखेपछि आफ्ना सहयोगीहरूसहित उद्धारमा संलग्न भएको केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिनुभएको छ ।











प्रतिक्रिया