२ मंसिर २०८३, बुधबार

काठमाडौंको टेवहालमा ग्यास सिलिण्डर पड्कियो, श्रीमान-श्रीमती घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं, २ मंसिर । राजधानीमा विहिबार ग्यास सिलिण्डर पड्किदा एकै परिवारका दुई जना घाइते भएका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ महानगरपालिका–२२ टेवहाल बस्ने ४० बर्षीय बाबुराजा महर्जन र उनकी श्रीमती ३८ बर्षीया सोभा महर्जन ग्यास सिलिण्डर पड्किदा घाइते भएका हुन् ।

विहिबार सोभा महर्जनले घरमा ग्याँस चुलो बाल्ने क्रममा सिलिण्डर लिक भई पड्किदा दुवैजना जलेर घाइते भएकोले उपचारको लागि विर अस्पतालमा लगिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।