२ मंसिर २०८३, बुधबार

औपचारिक प्रस्ताव ल्याएपछि विचार गरौँला : उपाध्यक्ष ज्ञवाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yubraj-Gewaliकाठमाडौं, २ मंसिर । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले संविधान संशोधनका विषयमा सरकारी पक्षले औपचारिक रुपमा कुनै कुराकानी नगरेको बताउनुभएको छ ।

दैनिक नेपाल डटकमसँग बिहीबार बिहान कुरा गर्दै उपाध्यक्ष ज्ञवालीले संविधान संशोधनको औचित्य पुष्टि नहुँदासम्म एमालेले सहयोग गर्ने अवस्था नहुने बताउनुभयो ।

‘सरकारले अहिलेसम्म औपचारिक रुपमा संविधान संशोधनमा एमालेसँग कुरा गरेको मलाई थाहा छैन’, उहाँले भन्नुभयो, ‘अनौपचारिक रुपमा कुरा भएको भए थहा छैन । तर संविधान संशोधन केका लागि ?’

संविधान संशोधन गर्नै हुँदैन भन्ने पक्षमा एमाले नरहेको बताउनुभएका उपाध्यक्ष ज्ञवालीले भन्नुभयो, ‘के विषयमा संशोधन हुने हो त्यस विषयमा पहिला छलफल हुनुपर्छ ।’

संशोधनका विषयमा सरकारले परामर्श अगाडि बढाइ रहेका बेला एमालेका उपाध्यक्ष ज्ञवालीले भने सो विषयमा औपचारिक जानकारी नै नरहेको बताउनुभएको हो ।