२ मंसिर २०८३, बुधबार

के गगन थापा प्रचण्डसँगै सती जाने ?

14.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-Gagan-meet

– मिन दर्लामी

उहिले उहिले पति मरेपछि पत्नी पनि पतिसँगै सती (चितामा जल्नुपर्ने) जानुपर्ने प्रथा थियो रे भन्ने सुनिएको थियो । तर, अहिले नेपालमा प्रचण्ड सरकारले सुजाता कोइरालालाई दिने भनिएको ५० लाख काण्डले पूरानो स्वास्थ्य नीति परिवर्तन गरी नयाँ नीति बनाएर मन्त्रिपरिषदमा पेस गरेका स्वास्थ्यमन्त्री गगन थापालाई बलिको बोको बनाएर प्रचण्डसँगै सति जान बाध्य बनाईदै छ यो दुःखद घट्ना हो । यत्रतत्र सर्बत्र बिरोध भएपछि माननीय सुजाता कोइरालाले ५० लाख लिनुभन्दा अब ५० लाख चाँहिदैन म मेरो उपचार खर्च आफ्नै आयस्रोतबाट गर्दछु भनेर बक्तब्य निकालेर उदाहरणीय काम गरे सुजाताले जनताको वाही वाही पाउने छिन् । सुजाताले यो महानतम् काम बेलैमा सोचे भोलिको दिन आफ्नो र पार्टीको लागि राम्रो हुने थियो ।

हाम्रो देशमा हरेक ठाउँमा पेलेरै जाने प्रबृति अहिलेको नभई सदियौदेखि चलिआएको नालायकी विकृत संस्कार हो । हिजो जस्तो प्रबृति थियो आज पनि त्यही र त्यस्तै प्रबृतिलाई निरन्तरता दिइएको छ । जनताको एक एक पसिनाको थोपाबाट सँगालिएको राज्यको ढुकुटीबाट मनपरी खर्च गर्ने यो संस्कारलाई जरैदेखि उखेल्नको लागि माननीय स्वास्थ्यमन्त्री गगन थापाले प्रयास गरेका छन् र नयाँ स्वास्थ्य नीति बनाएर मन्त्रिपरिषदमा पेश गरेका छन । तर, त्यो निती लागु नहुँदै सदैब अनेक बहानामा खाना पल्किएका निबर्तमान, बहालवाला र वर्तमान प्रचण्ड सरकारका स्वाँठ ब्वाँसाहरूले ५० लाखको काण्ड मच्चाएर जनस्तरमा आफ्नो पहिचान बनाउन सफल र ३ करोड जनताले आशा गरिएका गगन थापालाई पनि आफूसँगै चितामा सती लैजाने प्रयास गरेका छन् ।

सामाजिक सञ्जालमा लेखिएका लेखहरू, गगन थापाका नाममा बिभिन्न पत्रपत्रिकामा छापिएका खुल्ला पत्रहरू हेर्दा लाग्छ गगन थापासँग कति जनताको बिश्वास र भरोस रहेछ भन्ने । नेपालमा एउटा नराम्रो कुंसस्कार नै बस्यो जस्ले गर्दा राम्रा काम गर्नेहरूलाई वा देश र जनताको लागि केही गर्छु भन्ने ब्यक्तीलाई कसरी हुन्छ असफल बनाउने खेलहरू रचिएका हुन्छन । गगन थापा जसको जनताले स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने छ र पूर्ब झापादेखि सुदूरपश्चिमका कुना काप्चामा रहेका बिपन्न गरिब जनताहरू सिटामोल नपाएर उपचार बिना मर्नुपर्ने छैन, स्वास्थ्य उपचार गर्न नसकेर हस्पिटलको छतबाट कसैले हामफालेर मर्नपर्ने छैन र सबैले समान स्वास्थ्य उपचार पाउने छन भनेर सबै शुभ चिन्तक समर्थक र बिपक्षीले पनि ठूलो आशा गरेका थिए । तर, मन्त्रालय सम्हालेको ३ महिना नहुँदै गगनलाई असफल बनाउने ठूलो खेल खेलिएको छ ।

लेखक
लेखक

हाम्रो देश नेपालमा राम्रो काम गर्न खोज्ने कोही कसैको पनि पदीय जिम्मेवारीको आयु एकदमै छोटो हुने गरेको उदाहरण छ । मनमोहन अधिकारीको ९ महिने प्रधानमन्त्रीकालको त्यो बिर्सनै नसकिने ‘आफ्नो गाउँ आफै बनाऊ अभियान’ अनि बृद्ध र बिद्युवा भत्ता जनताले कहिल्यै नबिर्सने काल थियो तर, कार्यकाल जम्मा ९ महिना मात्रै थियो । त्यसैगरी झलनाथ खनालको पालामा तत्कालीन उर्जामन्त्री गोकर्ण बिष्टले आफ्नो कार्यकालमा बर्षौदेखि बिद्युत कार्यालयको महशुल नतिर्ने सरकारी कार्यालय, प्राईवेट कार्यालय र ठूला होटेलको लाईन काटेर प्रयोग गरिएको बिद्युतको करोडौ रकम असुलउपर गरी सरकारको खातामा ठूलो धनराशि जम्मा गराई दिए तर उनको पनि कार्यकालको आयु जम्मा ३ महिना मात्रै थियो । तर, ३ करोड जनताको प्रिय र मन मुटुमा बस्न सफल पूर्ब उर्जामन्त्री गोकर्ण बिष्टको लागि तीन महिने काल पनि धेरै थियो जुन कति बर्षदेखि कसैले गर्न नसकेको काम गोकर्णले गरेर देखाए । बिदा भएर जाने बेला सिँहदरबारको गेटबाट निस्किएर ट्याक्सीमा चढेर आफ्नो निवास तिर लागे । मन भए गरे के हुन्न भन्ने उदाहरण बने गोकर्ण बिष्ट ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पनि देश र जनताको लागि केही राम्रो काम गरे । भारतको नरेन्द्र मोदी सरकारलाई हरेक कोणबाट आफूलाई निच देखाएनन् । भारतले नेपालमाथि गरेको नाकाबन्दीका कारण नेपालमा भएको दैनिक उपभोग्य बस्तुको निर्यात चाईनाबाट ल्याउने सम्झौता गरेर भारतलाई ठाडै जवाफ दिए । भारत सरकार बाध्य भएर आफ्नो स्वार्थको लागि नाका खोल्न बाध्य भयो न त नेपाली जनताले हार माने न त केपी ओलीले । देश र जनताको लागि गरेको केही कामहरू सम्झन योग्य नै छन । ओलीको प्रधानमन्त्रीको कार्यकाल पनि केवल ९ महिना मात्रै थियो ।

गगन थापाले पनि ३ महिनाको कार्यकालमा स्वास्थ्य क्षेत्रमा हुने बिकृति र भ्रष्टाचारलाई निर्मूल पार्नको लागि धेरै काम र प्रयास गरेका छन् । दशकौदेखि चली आएको संस्कारलाई उखेल्छु र नयाँ संस्कार बसाउछु भनेर दृढ संकल्पका साथ परिवर्तनका लागि हटी लडेका छन् । आजसम्म कति आए कति गए कसैले केही गरेनन् पुरानै संस्कारलाई दण्डवत गरे, स्वीकार्दै गए । तर, गगनले पूरानो संस्कारको जरैदेखि उखेल्छु भनेर ३ महिनामै इमान्दारिता साथमा आफूलाई प्रस्तुत गरेको छ । अर्थात नयाँ स्वास्थ्य निती नियम बनाएर देखाएका छन् । उनले ल्याएको स्वास्थ्य बिधेयकको बारेमा बहस हुन बाँकी छ, मन्त्री गगनले आफ्नो बिचार संसदमा राख्नै बाँकी छ, संसदमा छलफल पश्चात मोहर लगाउनै बाँकी छ अर्थात बिधयेक पास वा फेल भन्नै बाँकी छ ।

त्यसैले हामी हतासमा गगनलाई नैतिकताको आधारमा राजीनामा दे, सडकमा आइजा, हामी तेरो साथमा छौ भन्नुको कुनै अर्थ छैन् । कुन नियमलाई टेकेर सुजाता कोईरालालाई ५० हजार उपचार रकम दिने मन्त्रिपरिषदले घोषणा गर्यो त्यो पनि मनन् गरौ बिचार गरौ । पुरानो सति जाने प्रथासँग सरकारको निर्णय गयो भन्दैमा गगन थापालाई त पनि सती गइस त्यसैले प्रचण्ड सरकारसंगै सती जानु पर्दछ भन्नु हाम्रो हतासको बिचार हो की ?

आशा गरौ… माथि आकाशमा कालो बादल लागेको छ, आकाश गड्याङगुडुङ गरी रहेछ लाग्दछ छिट्टै मुसलधारे पानी पर्ने छ, पानीसँग हुरी बतास र आँधीबेरी नआओस, केवल पानी आओस अनि सबैको आक्रोश र निराशा खुसीमा बदलियोस ।

सिकागो, अमेरिकाबाट ।