काठमाडौं, ३० कात्तिक । सरकारले एएफसी सोलिडारिटी कपको विजेता नेपाली राष्ट्रिय टोलीका सदस्यहरुलाई जनही ३ लाख रुपैयाँ दिने भएको छ ।
मंगलबार नेपालले मकाउलाई १–० ले पराजित गर्दै उपाधि जितेपछि युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइलीको प्रस्तावमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली टोलीका सदस्यलाई जनही ३ लाख नगद पुरस्कार दिनसकिने बताएको स्वकीय सचिव मनहरि तिमल्सिनाले जानकारी दिए ।
















प्रतिक्रिया