काठमाडौं, ३० कात्तिक । नेपालले एएफसी सोलिडारिटी कपको उपाधि जितेको छ ।
मलेसियाको सरावक स्टेडियममा भर्खरै सम्पन्न फाइनल खेलमा मकाउलाई १-० गोल अन्तरले पराजित गर्दै नेपालले सोलिडारिटी कप उचालेको हो ।
योसँगै नेपालले ६२ वर्षपछि एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिता जितेर इतिहास रचेको छ । र, महादेशीय प्रतियोगितामा नेपालले उपाधि जितेको यो नै पहिलो हो ।
नेपालका लागि खेलको २९ औं मिनेटमा सुजल श्रेष्ठले गोल गरेका थिए । जून जितका लागि निर्णायक बन्यो ।
हेर्नुस् भिडियोः
















प्रतिक्रिया