काठमाडौं, ३० कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सर्वाेच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् ।
मंगलबार दिउँसो सुटुक्क सर्वोच्च अदालत पुगेका कार्कीले म्याद तामेलीमा अवरोधको विषयमा लिखित जवाफ बुझाएका हुन् ।
उनीमाथि म्याद तामेलीमा अवरोध गरेको भन्दै अदालतले तपाईमाथि किन कारवाही नगर्ने भनी ७ दिनभित्र अदालतमा हाजिर भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।
सर्वाेच्चलाई बुझाएको लिखित जवाफ पत्रमा उनले म्याद तामेलीको बेला आफू नेपालमै नभएको भन्दै लेखेका छन्– ‘मैले विगत तीन वर्षभन्दा बढी समयदेखि भाडामा दिइएको निवासमा किन कसरी र कुन उद्देश्यले म्याद तामेल गर्न लागियो भन्नेमा म स्वयम् आश्चर्यमा परेको र यो विषयमा सम्मानित अदालतको ध्यान आकर्षण होस् भनी निवेदन गर्दछु ।’
लोकमानविरुद्धको मुद्दामा मंसिर १६ गते सुनुवाई हुँदैछ ।












प्रतिक्रिया