काठमाडौं, ३० कात्तिक । राप्रपा र राप्रपा नेपालवीच मंगलबार बिहान भएको चार बुँदे सहमतिसँगै मंसिर पहिलो हप्ता दुई पार्टी एक हुने भएका छन् ।
काठमाडौंको महाराजगञ्जस्थित पशुपति शम्शेर राणाको निवासमा मंगलबार बिहान भएको चार बुँदे सहमति अनुसार माघ महिनाभित्र एकता महाधिवेशन गर्ने निर्णय भएको राप्रपाका सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।
‘राप्रपा र राप्रपा नेपालवीच पार्टी एकीकरणका लागि चार बुँदे सहमति भएको छ’, गिरीले भन्नुभयो, ‘मंसिर ६ गते काठमाडौंमा विशेष कार्यक्रम राखेर दुई राप्रपा एकताको घोषणा हुनेछ ।’
चार बुँदे सहमतिमा दुई पार्टीको एकीकरणका लागि तयार पारिएको अन्तरिम विधानलाई अनुमोदन पनि गरिएको छ ।
दुई राप्रपाले प्रजातान्त्रिक शक्ति र नेपाललाई हिन्दू राष्ट्र घोषणाको अभियानलाई मजबुद बनाइ जाने विषयमा आफ्नो कार्य नीति तयार पारेका छन् ।











प्रतिक्रिया