२ मंसिर २०८३, बुधबार

राजेन्द्र महतोसँग ‘अंगीकृत’ नागरिकता! ठाकुरले एक साताभित्र सार्वजनिक गर्ने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajendra mahato

काठमाडौं, २९ कात्तिक । हिन्दूवादी युवा नेता विकास ठाकुरले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग वंशज नागरिकता नरहेको दाबी गरेका छन् ।

हिन्दू युवा जनशक्ति संघ नेपालका अध्यक्ष समेत रहेका तराईबासी ठाकुरले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत सद्भावना पार्टीलाई महतोको वशंजको नागरिकता देखाउन चुनौति त्यसो नभए ७ दिनभित्र महतोको अंगीकृत नागरिकता सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।

यसअघि आज विहानै मधेसवादी एक दलका अध्यक्षकै नागरिकता अंगीकृत छ तर, मधेसी जनता अंगीकृतको पक्षमा छैनन् भन्दा उनलाई सद्भावना पार्टीका नेता कार्यकर्ताले नाम खुलाउन दबाब दिएपछि ठाकुरले दिउँसो फेसबुकमार्फत ७ दिनभित्र महतोको अंगीकृत नागरिकता सार्वजनिक गर्ने घोषणा गरेका हुन् ।

उनले लेखेका छन्–

विकास ठाकुर
विकास ठाकुर

हुन सक्छ म गलत छु होला तर कमजोर छैन…………!!!!

करिब एक घण्टा पहिले मैले मोर्चाका एक जना अध्यक्ष अंगीकृत छन भनेर स्टेटस लेखे । त्यसपछि सदभावना पार्टी सम्बद्ध केही पत्रकार र कार्यकर्ताहरुले मलाई म्यासेज गरी गाली गर्दैछन । नाम सार्बजनिक गर्न भन्दैछन ।

म क्लियर रुपमा भन्छु– सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नागरिकता बंशज छैन । उहाको पार्टीमा नेतृत्वमा नभएपनि बिभिन्न तपकामा अंगीकृत नागरिक छन । अंगीकृतको पक्षमा आन्दोलन गर्ने वा आवाज उठाउने कुनै अरु पार्टीको एजेण्डा छैन । मैले एक एक गरी सबैसंग कुरा गरेको छु ।

यदि म गलत छु भन्ने सदभावना पार्टीले तत्काल महतोजीको नागरिकता सार्वजनिक गरोस होईन भन्ने हामी एक साता भित्र गर्छौ ।