३१ आश्विन २०८३, शनिबार

पोर्चुगल, बेल्जियम र नेदरल्याण्ड्सको सहज जित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

footballलन्डन, २९ कात्तिक । विश्वकप फुटबल छनौट अन्तर्गत युरोपेली समूहका खेलहरूमा पोर्चुगल, बेल्जियम र नेदरल्याण्ड्सले सहज जित हात पारेका छन् ।

आइतबार राति भएको खेलमा युरोपियन च्याम्पियन पोर्चुगलले लात्भियालाई ४–१ ले हरायो ।

अन्य खेलहरुमा हंगेरीले एण्डोरालाई ४–० ले हराँउदा स्विट्जरल्याण्डले फारो आईल्याण्डलाई २–० ले पराजित गर्‍यो ।

समूह ‘एच’को खेलमा बेल्जियमले ईस्टोनियालाई ८–१ ले हराएको छ ।

अन्य खेलहरुमा साईप्रसले जिब्रल्टारलाई ३–१ ले हराँउदा ग्रिस र बोस्नीया हर्सगोभिजाले १–१ गोलको बराबरी खेलेका छन् ।

समूह ‘ए’का खेलहरुमा नेदरल्याण्ड्सले लक्जेम्बर्गलाई ३–१ ले हराँउदा बुल्गेरियाले बेलारुसमाथि १–० को जीत निकालेको छ ।

विश्वकप छनौट अन्तर्गत अफ्रिकी समूहका खेलहरुमा ईजिप्टले घानालाई २–० ले हराँउदा प्रजातान्त्रिक गणतन्त्र कंगोले गिनियालाई २–१ ले पराजित गरेको छ । – एजेन्सी