२ मंसिर २०८३, बुधबार

विप्लव माओवादीका २९५ बन्दकर्ता पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौँ, २८ कात्तिक । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका २९५ नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

विप्लव माओवादीले आह्वान गरेको नेपाल बन्दका क्रममा जवरजस्ती बन्द गराउने २ सय ९५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट महिला २३, पुरुष २ सय १३ जना र उपत्यका बाहिरबाट महिला ५ र पुरष ५४ जनालाई नियन्त्रणमा लिएको हो ।