२ मंसिर २०८३, बुधबार

सिरहा पुगेर नेता नेपालले भने- संविधान संशोधनलाई चुनावसंग जोड्नु हुँदैन्

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-nepal

– सन्तोष यादब

सिरहा, २८ कात्तिक । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले संविधान संशोधनलाई स्थानीय निकायको चुनावसंग जोड्न नहुने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल सिरहाद्धारा आज लहानमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले चुनाव नभए देशमा संवैधानिक संकट आउने र लोकतन्त्र धरापमा पर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘स्थानीय निकायको चुनाव कुनै पनि हालतमा छिटो सम्पन्न गर्नुपर्छ । चुनाव भयो भने अहिले देखिएका धेरै समस्याको समाधान हुन्छ ।’

जनतालाई अहिले आन्दोलन होइन्, शान्ति र समृद्धि चाहिएको बताउंदै नेता नेपालले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसंग भेट हुंदा भारतीय कम्यूनिष्टहरुले भारतको संविधान पहिले अस्वीकार गरेको र अहिले सबैलाई स्वीकार्य भएको जस्तै नेपालको संविधान पनि पछि सबैले स्वीकार्ने बताउनुभयो ।

नेता नेपालले अंगीकृत नागरिकहरुलाई राष्ट्रको प्रमुख पदहरुमा लैजाने व्यवस्था गर्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो चलन संसारमा कहि कतै छैन् । त्यसैले नेपालमा पनि हुनु हुँदैन् ।’

kalo-jhanda

मधेसवादी दलका नेताहरुलाई आफूले छलफल र सम्वादका लागि आग्रह गरेको तर आफ्नो प्रयास एक हातले ताली बज्दैन भन्ने उखान सावित भएको दुःखेसो पोख्नुभयो । नेपालको आन्तरिक मामिलामा कसैले हस्तक्षेप गरे सहन नसक्ने बताउदै स्वाभिमानलाई बचाएर राख्नुपर्ने धारणा राख्नुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको ड्राफ्ट तयार भइसकेको बताइरहेका बेला नेता नेपालले आफूलाई ड्राफ्टको विषयमा केहि थाहा नभएको बताउनुभयो । संविधान सम्झौताको दस्तावेज रहेको बताउँदै उहाँले संशोधन नै गर्नुछ भने संवादको माध्यमबाट अघि बढ्न सुझाव दिनुभयो ।

मधेसवादी दलका कार्यकर्ताद्धारा कालोझण्डा

यसैबीच, नेता नेपाललाई मधेसवादी दलका नेता तथा कार्यकर्ताहरुले लहानमा कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गरेका छन् । मधेसवादी दलको विरोधका कारण ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएको थियो ।